सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • शुक्रबारदेखि नयाँ नेपाली फिल्म ’म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा
Breaking News

शुक्रबारदेखि नयाँ नेपाली फिल्म ’म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा

शुक्रबारदेखि नयाँ नेपाली फिल्म ’म यस्तो गीत गाउँछु २’ ले प्रदर्शन थालेको छ। कोरोनाका कारण दुई पटक प्रदर्शन मिति सार्नुपरेको फिल्म शुक्रबारदेखि हलमा लागेको हो।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन्। गायिका समीक्षा अधिकारीसँगको विवादका कारण पल यतिवेला विवादमा परेका छन्। जबरजस्ती करणीको मुद्दा परेपछि प्रहरीले पललाई खोजिरहेको छ। बुधबार आयोजित फिल्मको प्रिमियरमा पनि पल अनुपस्थित थिए। कोरोनाको तेस्रो लहरपछि प्रदर्शनमा आएको पहिलो नेपाली फिल्म ’म यस्तो गीत गाउँछु २’ ले मल्टिप्लेक्समा उच्च शोका साथ प्रदर्शन थालेको छ। फिल्मले बिएसआर मुभिजमा ४५ प्रतिशत, क्युज सिनेमाजमा ३७ प्रतिशत, बिग मुभिजमा २७ प्रतिशत तथा क्युएफएक्स चेनमा उपत्यका भित्र २६ प्रतिशत शो पाएको छ।
त्यस्तै शुक्रबारदेखि नै अन्य तीन विदेशी फिल्मले पनि प्रदर्शन थालेका छन्। बहुप्रतिक्षित बलिउड फिल्म ’गंगुबाइ काठियावाडी’ हलमा सबैभन्दा धेरै शोका साथ प्रदर्शन भइरहेको छ। त्यस्तै तामिल फिल्म ’भालिमाइ’ र हलिउड फिल्म ’अनचार्टेड’ले शुक्रबारदेखि नै प्रदर्शन थालेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार