शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमद्वारा वार्षिक कार्यतालिका सार्वजनिक
Breaking News

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमद्वारा वार्षिक कार्यतालिका सार्वजनिक

 

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोग गठन भएको एक वर्षपछि वार्षिक कार्यतालिका बनाएर सार्वजनिक गरिएको हो । आयोगका सचिव दुर्गादत्त बिष्टका अनुसार चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी कार्यतालिका तयार पारिएको छ ।

वन सेवा, जनरल फरेष्टी, वन रक्षक र तह विहीन समूहतर्फ फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, फागुनमै प्रतिशत निर्धारण गर्ने र चैतको दोस्रो बुधबार विज्ञापन खोल्ने तालिका तयार भएको उनले बताए । यस्तै विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुका लागि फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र बैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।

सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका तयार भएको लोकसेवा आयोगका सचिव बिष्टले जानकारी दिए । उक्त कार्यतालिका आजदेखि नै लागू भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार