सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • मताधिकार सुनिश्चितता गर्न प्रवासी नेपालीले बुझाए गृहमन्त्रीलाई पत्र
Breaking News

मताधिकार सुनिश्चितता गर्न प्रवासी नेपालीले बुझाए गृहमन्त्रीलाई पत्र

काठमाडौं । सेती महाकाली प्रवास सेवा समितिले प्रवासी नेपालीको मताधिकारको सुनिश्चितता गर्न गृहमन्त्रीलाई पत्र बुझाएको छ ।

आइतबार सेती महाकाली प्रवास सेवा समितिले गृहमन्त्रीलाई ध्यानाकर्षण गर्दै प्रवासी नेपालीको मतदान सुरक्षित गर्न पत्र बुझाएका हुन् ।

समितिले गत आइतबार भारतस्थित कूटनीतिक नियोगहरुलाई पत्र पठाउँदै परराष्ट्र मन्त्रालयमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।

स्वच्छ, पारदर्शी, शान्तिपूर्ण र समावेशी निर्वाचन हुँदा लोकतन्त्र बलियो हुने भन्दै सबै नागरिकको सहभागितामूलक निर्वाचन गर्न अब विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने भन्दै नियोगहरुलाई पत्र पठाएको अध्यक्ष बिष्टले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार