उही अध्यक्ष होइन, अब नयाँ दक्षको खोजी गरौं
देश बनाउने योजना अनि लक्ष्यको खोजी गरौं ।
भात छैन पेट भर्न, मजदुरको थालमा
अर्थतन्त्र घस्रिँदै छ, कछुवाको चालमा ।
बिरामीलाई ठाउँ छैन, निजी अस्पतालमा
छुट्ट्याउनै गाह्रो व्यापारी र दलालमा ।
स्वार्थ छोडी देशको सोच्ने पक्षको खोजी गरौं
उही अध्यक्ष हैन अब नयाँ दक्षको खोजी गरौं ।
राहत भयो आकाशको फल आँखा तरी मर
भोट दिने त गाउँमै छुटे, नेता ज्यू पसे सहर !
मजदुरी को मजबुरी मालिकलाई के खबर ?
कैले आउँछ तिमीलाई, रुकुम-रोल्पा नजर ?
सिंहदरबार/बालुवाटारमा नयाँ कक्षको खोजी गरौं
उही अध्यक्ष हैन, अब नयाँ दक्षको खोजी गरौं
विष्णु जोशी
खप्तड छान्ना गाउँपालिका-५ पिठातोला, बझाङ
हाल : विद्यावारिधि, युनिभर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका ।
Twitter : @BishnuJoshi999
फेसबुक प्रतिक्रियाहरु