मङ्लबार, माघ ८, २०८१
  • होमपेज
  • ‘भ्रष्टाचार नियन्त्रणबाटै विकास सम्भव छ’
Breaking News

‘भ्रष्टाचार नियन्त्रणबाटै विकास सम्भव छ’

विनोद थापा

हाम्रो समाज यस्तो दुश्चक्रमा फसेको छ कि यहाँ आफन्तले राजनीतिमा लागेर अकुत धन कमाउन सकेन भनेर गाली गरिरहेका हुन्छन् । प्राय युवाहरु बर्ष भरी मानसिक वा भौतिक कुनै पनि श्रम नगरी सरकारले केही पनि दिएन भनेर गालि गरिरहेका हुन्छन् । अधिकांश राजनीतिमा लाग्नेहरुको रोजिरोटी नै राजनीति छ त्यो बाहेक अन्य कुनै काम नै छैन । ‘पपुलारिटी’ र पैसाले राजनीतिक दलमा डेरा जमाएको छ । शिक्षा पद्धति सुगाँ रटाइ छ जसकाे कारणले सिर्जनशिलता लगभग शून्य छ र भाग्यवादमा आजको युवा फसेको छ ।

हामी मुद्दा/प्रवृत्ति केन्द्रिय बहस गर्दैनौ । बरु हरेक व्यक्तिलाई ‘ब्ल्याक एण्ड व्हाइट’/ भगवान वा राक्षस देख्छौ । जबकी हरेक मान्छे संग गुण र दोष दुवै हुन्छन् । यस्ता समस्या तोड्नु नै आजका राजनीतिक दलको मुख्य जिम्मेवारी हुनुपर्छ। जसमा पुराना नयाँ दलहरु असफल भैरहेका छन् , यी दलहरु असफल हुनु भनेको राजनीतिमा योग्य व्यक्ति आउने बाटो बन्द हुनु हो वा योग्य व्यक्तिले पनि विकेकले भन्दा भावना र पैसाले काम गर्न बाध्य हुनु हो । जसका लागि भ्रष्टाचार र झुट अनिवार्य हुन्छ । जब यो दल दलमा योग्य व्यक्ति फस्छ त्यो पनि अयोग्य नै भएर निस्कन्छ ।

व्यवहारिक रुपमा कुनै पनि योजना परियोजना समयमा पूरा हुदैनन् । राजनीति स्थिरता नहुदा मन्त्रीहरूलाई सचिवले पत्याउदैनन् । ठेकेदारले कर्मचारीलाई पत्याउदैनन् अनि सामान्य नागरिकलाई कर्मचारीले पत्याउने कुरै भएन । सामाजको हरेक संरचना स्वच्छ तरिकाले काम गर्न सकिरहेका छैनन् । जताततै लथालिङ्ग बाहेक केही देखिदैन । यसलाई सुव्यस्थित गर्नुपर्ने कसले र कसरी हो यसको ठोस उपाय अहिलेको राज्य सञ्चालन गर्नेहरु संग नभएकै हो त ? आम नागरिकको मनोविज्ञान हेर्दा कोही सिनेमाको जस्तो हिरोको खोजीमा छ्न् त कोइ काल्पनिक भगवानको भरोसामा !

सबैभन्दा प्रमुख समस्यामध्ये एक हो हामीले आफुमा भरोसा गर्न छोड्नु । आफ्नो भुमिमा आफ्नो माटोमा कुनै सम्भावना नै नदेख्नु ५/७ लाख देखि ४०/५० लाखसम्म तिरेर विभिन्न किसिमका जोखिमहरु उठाएर विदेशिन तयार छौ तर आफ्नै देशमा उद्यम गर्न त्यो भन्दा पनि कैयौं गुणा असुरक्षा देखिरहेका छौ ।

प्रदेश सरकार कमिसनको व्यापार गर्नेहरूको लागि उम्दा व्यवसाय भएको छ । वास्तविक रूपमा जनता प्रदेश सरकारका शत्रु हुन र पैसावालाहरु असल ग्राहक ।आवश्यक भौतिक संरचना र विपद् पिडितहरुको विकल्पमा ठेकेदारहरु प्रदेश सरकारका मालिक हुन् । उनीहरुबाट दुई किसिमका फाइदा छन् । एक कमिसन, दोस्रो चुनाब जिताउन मुख्य भुमिका निर्वाह गर्नु ।

अहिलेको यस्तो अवस्थामा हाम्रो जस्तो पहाडी जिल्लाहरुमा सबैभन्दा भरोसा जगाउने काम मेरो विचारमा स्थानीय सरकारले गर्न सक्छ र गर्नुपर्छ । स्थानीय सरकार स्थायी पनि छ । कम्तीमा पाँच बर्षको योजना बनाएर परम्परागत कृषि र पशुपालनको विकल्पमा सानो जमिनमा पनि विशिष्ट खाले कृषि तथा पशुपालनको पहिचान गरि स-सानो ‘स्केल’मा उत्पादनलाई प्रवर्दन गर्न सकिन्छ । जस्तै अदुवा, बेसार , कागती , टिमुर, रिठो, बाख्रा, माछा आदि खेतीहरुमा केही समाय लागे पनि सानो जमिनमा पनि राम्रो उत्पादन लिन सकिन्छ र बजार पनि राम्रो छ ।

यसमा केही चुनौतीहरु भने पक्कै छन् । वास्तविक किसानको पहिचान गरि खुला चरिचरनको लागि तारबार, सिचाइको ब्यवस्थापन, माटो परिक्षण खोर निर्माण, बीउ बिजन र आवश्यकता अनुसारको अनुदानमा स्थानीय सरकारले भुमिका खेलिदिने हो भने परम्परागत कृषि खेती भन्दा धेरैले आर्थिक लाभ लिन सकिन्छ र स्वरोजगार बन्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार