आइतवार, अशोज २७, २०८१
  • होमपेज
  • विकल्पको आशा हरायो नठान दलदाषहरू !
Breaking News

विकल्पको आशा हरायो नठान दलदाषहरू !

सुन ठूलो माछाहरूको खोजीमा हिँड्ने साना हाँसहरू
घाँटी हेरेर मात्र हाड निल्नु है, नत्र अड्केलान् गाँसहरू ।

‘बेचैन’ दिलको ‘आराजू’ यहाँ रातारात पुरा हुन्छ तब
गुलाम बच्दा सत्ता पल्टिन्छ जब फिटिन्छन् तासहरू ।

खोज्दै जाँदा सुन तस्कर, भेटिए आफ्नै लावालस्कर
कसरी पक्रनु सबै आफन्त छन् आफ्नै खासखासहरु ।

आफू, परिवार अनि पार्टी बचाउनै मुस्किल भएकाहरू
नढाँट जनतालाई, नगर संविधान बचाउने बकवासहरू ।

नयाँले अपेक्षित गर्न सकेनन्, केही आफ्नै मुद्दामा फसे
जनताको विकल्पको आशा हरायो नठान दलदाषहरू ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार