शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • टिकटका लागि केन्द्रीय समितिबाट ओझेलमा पर्दै आएका जगतप्रसाद
Breaking News

टिकटका लागि केन्द्रीय समितिबाट ओझेलमा पर्दै आएका जगतप्रसाद

बझाङ । नेपाली कांग्रेसका पुराना नेता हुन् जगतप्रसाद जोशी । बहुदलपछि बझाङको राजनीतिमा गहिरै भिजेका जोशी कुनै बेला ‘दोस्रा गगन थापा’ भनेर चिनिन्थे । विद्यार्थी राजनीतिबाट उदाएका जोशीको जिल्लामा ‘विद्वान नेता’को छवि भने कसैले उछिन्न सकेन ।

२०४६ सालमै विज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका जोशीले बझाङमा पार्टीलाई बलियो बनाउन अनेक प्रयत्न गरिरहे । आफूले हारे पनि पार्टीले जितास् भन्ने भावनाका साथ संगठन विस्तारमा जुटे । फलस्वरुप हो या संयोगवस हो उनलाई पार्टीले अहिलेसम्म उम्मेदवारका लागि सिफारिस गरेको छैन ।

गणेशमान सिंह सर्वोच्च कमान्डर रहेको २०४६/४७ सालको जनआन्दोलनको बेला जोशी नेपाल विद्यार्थी संघको कार्यबाहक सभापति थिए । एनपी सावद सभापति भएको बेलामा विद्यार्थी संगठनका विज्ञप्तिदेखि आन्दोलनमा विद्यार्थी खटाउने सम्मको जिम्मेवारी उनको थियो । बहुदलपछि २०४८ सालको निर्वाचनको बेलामा बझाङ आउँदा जोशीको भाषण सुन्न आउनेहरु वरिपरि झुम्मिन्थे । हजारौँको संख्यामा भीड लाग्थ्यो । त्यो भीड अहिले पनि जोशीकै शुभचिन्तक बनोको छ । तर, उनीहरुको आशा जगतले टिकट अझै पाएका छैनन् ।

जिल्ला कार्यसमितिबाट हरेक निर्वाचनका लागि सांसदको टिकटका लागि सिफारिस हुने तर, केन्द्रीय समितिबाट टिकट नपाउँदा उनका शुभचिन्तक तथा कार्यकर्ता जहिल्यै निरास हुँदै आएका छन् । २०४८ सालमा जिल्ला कार्यसमितिबाट प्रतिनिधि सभाका लागि तीन जनाको नाम सिफारिस भएको थियो । जगतप्रसाद, चेतराज बजाल र अर्जुन जंगबहादुर सिंहलाई सिफारिस गर्दा सिंहलाई केन्द्रीय समितिले टिकट थमाएको थियो ।

२०५१ साल को निर्वाचनको बेलामा पनि तीन जनाको नाम सिफारिस गरिएको थियो । जगतप्रसाद, अर्जुनजंग र सत्यराज भण्डारीको नाम । त्यसमा पनि अर्जुनलाई नै केन्द्रीय समितिले टिकट दिएको थियो ।
२०५६ सालको निर्वाचनका लागि नेपाली कांग्रेसबाट जगतप्रसाद जोशी, चेतराज बजालसहित १० जनाको नाम सिफारिस भयो । त्यसमा पनि अर्जुनजंगबहादुर सिंहले टिक पाएका थिए । २०६४ सालको निर्वाचनमा पनि सोही जना आकांक्षीलाई जिल्लाबाट सिफारिस गरियो । त्यो बेलामा पनि केन्द्रीय समितिले अर्जुनबहादुरलाई टिकट थमायो ।

०७० सालको प्रतिनिधिसभा निर्वाचनका लागि जगतप्रसाद, अर्जुनजंग, चन्द्रा जोशी, पृथ्वीबहादुर सिंहसहित अन्य नेताहरुको नाम सिफारिस ग¥यो । टिकट भने अर्जुनजंग लाई नै दिइयो । त्यस बेलामा नेकपा एमालेका मानप्रसाद खत्रीसँग अर्जुनजंग बहादुर सिंह पराजित भए ।

२०७४ साल को निर्वाचनका बेलामा पनि जगतसहित पाँच जनाको नाम जिल्लाबाट सिफारिस गरियो । टिकट भने स्व।पृथ्वीबहादुर सिंहले पाए । उनी एमालेका भैरवबहादुर सिंहसँग पराजित भए ।

२०७९ सालको निर्वाचनका लागि नेपाली कांगेसले लोकतान्त्रिक गठबन्धन गरेर निर्वाचनमा होमियो । जसमा प्रतिनिधिसभा सदस्यको भाग एकीकृत समाजवादीको भागमा प¥यो भने प्रदेशसभा १ कांगेस र २ माओवादीको भागमा प¥यो । निर्वाचनमा गठबन्धन भएको हुँदा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका सबै उम्मेदवार निर्वाचित भए ।

प्रदेशका लागि कांग्रेसबाट जगत प्रसाद जोशीसहितका नेताहरुका नाम सिफारिस गरे पनि टिकट पृथ्वीबहादुर सिंहलाई दिइयो । उनी एमालेका अफिलाल ओखेडालाई पराजित गर्दै निर्वाचित भए ।

यसरी हेर्दा नेपाली कांग्रेसका पुराना नेताले पटक–पटक अवसर पाउँदा पनि जगतले भने एक पटक पनि टिकट प्राप्त गरेका छैनन् । अर्जुनजंगबहादुर सिंहलाई बहुदलपछि लगातार पाँच पटक पार्टीले टिकट थमाइसकेको छ । त्यस्तै पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंहले प्रदेश र प्रतिनिधिसभा गरी दुई पटक टिकट पाइसकेका थिए । अन्य पुराना नेताहरुले प्रदेश तथा स्थानीय तहको टिकट पाइसकेका छन् । निष्ठाको राजनीति गरिरहेका जोशीले भने अझै टिकट पाउन सकेका छैनन् ।

प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएकै बेला दुर्घटनामा परी ज्यान गयो । रिक्त रहेको उनको क्षेत्रमा आउँदो वैशाख १५ गते निर्वाचन हुँदैछ । त्यो निर्वाचनका लागि पनि जगतप्रसादसहित १० जनाको नाम जिल्लाबाट सिफारिस भएको छ ।

पार्टीबाट अहिलेसम्म टिकट नपाएका जोशी जिल्लाबाट ८ पटक सिफारिस भइसकेका छन् । निष्ठाको राजनीति गरिरहेका पुराना नेता जोशीलाई यसपटक भने टिकट पाउने कार्यकर्ताले अपेक्षा गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै