शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • कांग्रेससहित साना दल छलफलमा
Breaking News

कांग्रेससहित साना दल छलफलमा

काठमाडौँ । नेपाली कांग्रेसले विकल्प गठबन्धनका लागि साना दलहरूसँग संवाद थालेको छ । बुधवार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग छलफल गरिरहेको छ ।

कांग्रेस सभापति देउवाले ठाकुर, राउत र चौधरीलाई फोन गरेर भेटवार्ताका लागि बोलाएका थिए । छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा नेता, शेखर कोइराला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनेपछि सत्ता विमुख भएको कांग्रेसले जनमत, लोसपा र नाउपासँग सहकार्यका लागि छलफल थालेको देखिन्छ । कांग्रेस नेताहरू राप्रपासँग पनि संवाद गरिरहेका छन् । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रवादी लोकतान्त्रिक गठबन्धन बनाएर जान आफूहरू तयार रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार