बझाङ । खप्तडछान्ना गाउँपालिका-३ बामिलीमा सोलार सेट वितरण गरिएको छ । खप्तडछान्ना गाउँपालिकाले बुधबार बामिली र लोखाडामा २३ थान सोलार सेट वितरण गरेको हो ।
गाउँपालिकाको पूर्वनिर्धारित कार्यक्रम बामिली बस्ती सोलार वितरणअन्तर्गत २१ परिवारका लागि सोलार सेट वितरण गरिएको वडाध्यक्ष गौरी अधिकारी रावलले बताइन् । उनका अनुसार सूचना केन्द्र लोखडामा पनि २ परिवारका लागि सोलार वितरण गरिएको छ ।
अँध्यारोमा बसेका समुदायलाई उज्यालोको अनुभूति गराउन सोलार वितरण गरिएको गाउँपालिका उपाध्यक्ष विष्णु थापाले बताए । बामिलीमा विद्यालय पढ्ने बालबालिका बत्ती नहुँदा झरो सहारामा पठनपाठन गर्दै आएका थिए ।
फेसबुक प्रतिक्रियाहरु