शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • भूकम्प पीडितका लागि ग्रीन तारा नेपालले सहयोग गर्‍यो ५०० त्रिपाल
Breaking News

भूकम्प पीडितका लागि ग्रीन तारा नेपालले सहयोग गर्‍यो ५०० त्रिपाल

बझाङ । करूणा ट्रष्ट र करूणा एन्ड बीएमजेड सहयोगमा सञ्चालित ग्रीन तारा नेपालले बझाङ र बाजुराका भूकम्प पीडितका लागि ५०० त्रिपाल सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बीच ग्रीन ताराका प्रतिनिधि उपेन्द्र थापाले खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायालाई हस्तान्तर गरेका हुन् ।

खप्तडछान्ना गाउँपालिकाका भूकम्प पीडितका लागि २५० त्रिपाल र बाजुराको खप्तडछेडेदह गाउँपालिकाका लागि २५० त्रिपाल सहयोग गरेको थापाले बताए । राहत सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष रोकायाले ग्रीन तारा नेपाललाई विपद्को बेलामा गरेको सहयोगको प्रशंसा गरे । उक्त राहत सामाग्री एकद्धार प्रणालीबाट वितरण गरिने अध्यक्ष रोकायाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार