मङ्लबार, माघ ८, २०८१
  • होमपेज
  • ९ पालिकाका भूकम्प पीडितलाई बझाङ उद्योग वाणिज्य संघद्वारा राहत प्रदान
समाचार

९ पालिकाका भूकम्प पीडितलाई बझाङ उद्योग वाणिज्य संघद्वारा राहत प्रदान

चैनपुर (बझाङ) । जिल्लाको सबैभन्दा ठूलो निजी क्षेत्र बझाङ उद्योग वाणिज्य संघले भूकम्पबाट क्षति पु¥याएका ९ पालिकामा राहत वितरण गरेको छ । गएको मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पबाट क्षति भएका पीडितलाई राहत दिएको अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।

अध्यक्ष सुर्मेलीका अनुसार जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, तल्कोट, खप्तडछान्ना, थालारा, मष्टा छविसपाथिभेरा, दुर्गाथली र केदारस्यूँ गाउँपालिकामा त्रिपाल, चामल, चिउरा, स्वयाबिन वितरण गरिएको छ । अध्यक्ष सुर्मेलीले भने, ‘हामीले धेरै निकायलाई पहल गरेर करिब १० लाख बराबरको राहत सामाग्री पीडितका लागि पालिकालाई वितरण गरेका हौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) केन्द्रीय समिति, एफएनसीसीआई सुदूरपश्चिम प्रदेश, कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर उद्योग वाणिज्य संघ, डोटी उद्योग वाणिज्य संघ र बझाङ उद्योग वाणिज्य संघको सहकार्यमा भूकम्प पीडितका लागि राहत हस्तान्तरण गरेको अध्यक्ष सुर्मेलीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार