शुक्रबार, जेष्ठ ४, २०८१
Breaking News

उसको बुवा, मेरो ससुरा !

चाहाँदिन रहिछे, उसको बुवा मेरो ससुरा भएको पनि,
यहि बारेमा हो हाम्रो अन्तिम पल्ट कुरा भएको पनि ।

लोहारको जुन हातले बन्यो लग्यो ‌औला खोसेर उसैको,
त्यही नै हो जात उस्को देखायो आफु छुरा भएको पनि ।

न राम्ररी परिवार पाल्न सकियो न देशको लागि लड्न,
अब त के नै खुसी मान्नु पर्‍यो र यि पाखुरा भएको पनि ।

नजिक अस्पताल नभएकै कारण सुत्केरीको ज्यान गयो,
कसैले यसरी पनि मूल्य चुकाए घर बाजुरा भएको पनि ।

बारम्बार त्यही गल्ली त्यही मान्छे भेटिन्छन् आफ्नै लाग्न थाल्छन्,
यहि त फाइदा छ यो सहरका गल्लीहरू साँघुरा भएको पनि ।

सरोज थापा
खप्तडछान्ना-२, देहली, बझाङ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार