शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विद्यालय बन्द गरेर बझाङका ७२ जना शिक्षक काठमाडौँमा
Breaking News

विद्यालय बन्द गरेर बझाङका ७२ जना शिक्षक काठमाडौँमा

बझाङ । हालसालै सदनमा प्रस्तुत भएको शिक्षा विधेयकमाथि गम्भीर असहमति राख्दै बझाङबाट ७२ जना शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौँ पुगेका छन् ।

जिल्लाका सबै सामुदायिक विद्यालय ठप्प पारेर आन्दोलनमा सहभागी हुन काठमाडौँ पुगेका हुन् । शिक्षक महासंघ बझाङका सचिव कवि जोशीका अनुसार बिहीबार ७२ जना काठमाडौँ पुगेका थिए । भोलिको आन्दोलनमा सहभागी हुन फेरि बझाङबाट शिक्षक थपिने उनले बताए ।

सचिव जोशीले आधा शिक्षक बाटोमा पुगेको र भोलि अझै २०/३० जना बझाङका शिक्षक थपिने बताए । प्रस्तावित विधेयकमा शिक्षकले २० वटा असहमति राख्दै संसोधनको माग गरेर देशभरका शिक्षक आन्दोलनमा उत्रिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै