शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • सुदूरपश्चिमेली नेपाली समाजद्वारा हरियाली धनगढी अभियानलाई आर्थिक सहयोग
समाचार

सुदूरपश्चिमेली नेपाली समाजद्वारा हरियाली धनगढी अभियानलाई आर्थिक सहयोग

समीर मल्ल

कैलाली । सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले आज धनगढ़ीमा एक कार्यक्रममा उप महानगरपालिकामा पुगी सुदूरपश्चिमेली नेपाली समाज कार्यसमितिको तर्फबाट संचालित अभियानमा आर्थिक सहयोग गरिएको ने.रू. एक लाखको चेक हस्तान्तरण गरेको छ । धनगढी उपमहानगरपालिकाले संचालन गरिएको “हरियालिमय धनगढ़ी” उक्त अभियानलाई एक्यवद्धता जनाउँदै उप-महानगरपालिकामा उपमेयरको कार्यकक्षमै पुगी सो रकम हस्तान्तरण गरिएको हो ।

समाजका तर्फबाट अध्यक्ष शेरबहादुर रावत, संरक्षक धनबहादुर बलायर, दक्षिण कोरियाका पूर्वअध्यक्ष धर्मराज जोशी, कुवेत पूर्वअध्यक्ष अमर खड्का एवं मलेसिया पूर्वअध्यक्ष समीर मल्लको उपस्थिति रहेको उक्त समारोहमा स्थानीयसरकारका तर्फबाट उपमेयर कन्द्कला कुमारी राना, प्रशासन अधिकृत रामलाल श्रेष्ठ सहित कर्मचारी एवं पत्रकारहरूको उपस्थिति रहेको समाजका अध्यक्ष शेर बहादुर राउतले जानकारी दिए ।

सो सहयोग बारे उपमेयर ज्युले सुदूरपश्चिमेली नेपाली समाजले गरेको सो सहयोग बारे प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार