शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • एसिया कप : नेपाली टोलीको उज्ज्वल भविष्यको ढोका
Breaking News

एसिया कप : नेपाली टोलीको उज्ज्वल भविष्यको ढोका

काठमाडौं । नेपालको भारत विरुद्ध समग्रमा उत्कृष्ट प्रदर्शन गरे । ओपनरले ६५ रन बनाएर बलियो सुरुवात गरे । भुर्तेलले आक्रामक खेले अनि आसिफले संयमित भएर इनिंग सम्हाले। पाकिस्तानी तीव्र बलर सँग सङ्घर्ष गरेका नेपाली ब्याट्सम्यान भारतीय माध्यम गतिका बलरहरूको भने सहज सामना गरे । भारतका स्पिनर सँग भने धेरै रन बनाउन नसक्दा सुरुवाती रन बनाउने गतिलाई निरन्तरता दिन सकेनन् । तर तल्लो क्रमका खेलाडी दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समेत विकेटमा जमेर आत्म विश्वासको साथ ब्याटिङ जारी राख्नु गज्जबको कुरा हो।

पाकिस्तान सँग १०४ रन मात्रै बनाएर २३.४ ओभर मात्र खेलेको नेपाली टोली आज ३७.५ ओभरमा १७८/६ मा खेली रहेका छन् । भारतका बलर प्राय मध्यम गतिकै हुन्छन् र स्पिनर उत्कृष्ट हुने गर्छन् । ब्याटिङ सामान्यता राम्रै हुने गर्छ। आज भारतीय खेलाडीले सुरुवाती ५ ओवरमा तीन क्याच ड्रप लगायत फिल्डिंग चाहिँ फितलो नै देखियो ।

समग्रमा पाकिस्तान सँग चाँडै आउट भएको नेपाली टोलीले आफ्नो गल्तीबाट चाँडै सिक्दै विश्वमै नाम चलेका तीव्र गतिका बलर विरुद्ध र भारतका उत्कृष्ट स्पिन बलर सँग खेलेर महत्त्वपूर्ण अनुभव सँगालेका छन् । लगभग सबै खेलाडी २५ वर्ष मुनिका भएको नेपाली टोलीले यही गतिमा क्रिकेट खेल्दै गए भविष्य उज्ज्वल देखिन्छ ।

आज बाट अंतराष्ट्रीय क्रिकेट जगत्मा नेपालको उपस्थितिको चर्चा बढ्दै जाने छ। युवा नेता रबी लामिछाने, केही कलाकार र केही नेपाली समर्थकले श्रीलङ्का नै पुगेर आफ्नो टोलीको हौसला बढाउनुले पनि समग्रमा क्रिकेटको भविष्य नेपालमा उज्ज्वल देखिन्छ।

सबै दर्शकले राम्रो समर्थन गर्दै गरेको देखियो । क्यामराले दर्शक दीर्घामा बारम्बार वर्षा राउत र रबि लामिछामे देखाई रहे । अल्लि कम वर्षा र बढी रबि देखिएको भए म्याच गज्जब हुने थियो ।

अब सरकारले पनि केही रङ्गशाला निर्माण लगायत क्रिकेटको पूर्वाधार विकास र उचित प्रशिक्षणमा ध्यान दिए सुनमा अझै सुगन्ध हुने थियो !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै