बझाङ । बझाङका एक युवकको भारतमा गाडी ठक्करबाट ज्यान गएको छ । रोजगारीको सिलसिलामा केरालामा काम गर्दै आएका बुंगल नगरपालिका– ३ दग्धारका ३० वर्षीय प्रताप धामीको गाडीको ठक्करबाट मृत्यु भएको हो ।
शनिबार बेलुका बजारबाट तरकारी लिएर घर फर्किने क्रममा सडक क्रस गर्दा गाडीले ठक्कर दिएर निधन भएको आफन्त जनक बोहोराले बताए । जनकका अनुसार धामीका २ छोरी र श्रीमती छन् ।
फेसबुक प्रतिक्रियाहरु