बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • रास्वपाका बझाङ संयोजक खड्काको निलम्बन फुकुवा, रुपन्देहीका संयोजक खत्रीलाई तीन महिनासम्म निलम्बन
समाचार

रास्वपाका बझाङ संयोजक खड्काको निलम्बन फुकुवा, रुपन्देहीका संयोजक खत्रीलाई तीन महिनासम्म निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथि निलम्बन फुकुवा गरेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले खड्कामाथिको कारबाही फुकुवा गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।

यसअघि रास्वपाले पत्रकारमाथि हातपात गरेको समाचार बाहिरिएपछि खड्कालाई पार्टी सदस्यताबाट निलम्बन गरिएको थियो । त्यसमा उनी दोषी नदेखिएको भन्दै कारबाही फुकुवा गरिएको ढकालले बताए ।
रुपन्देही जिल्ला संयोजक दामोदर खत्रीलाई भने तीन महिना पार्टीबाट निलम्बन गर्न निर्णय गरेको छ । ‘कुनै पनि पदीय जिम्मेवारी नरहने गरी निलम्बन गरिएको छ । यो तीन महिनामा खत्रीले पार्टीलाई गर्ने सहयोगबारे थप निर्णय हुने छ,’ ढकालले भने ।

बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए । बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ । टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने ढकालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार