बुधबार, कार्तिक २८, २०८१
  • होमपेज
  • मनाङ एअरको हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु
Breaking News

मनाङ एअरको हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाकै मृत्यु भएको छ।

मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो। दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए। ‘६ जनाकै शव फेला परेको छ। एक जनाको शव टुक्राटुक्रा भेटिएको छ। शवहरू जलेको अवस्थामा रहेको खबर आएको छ,’ उनले भने, ‘हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको देखिन्छ।’

घटनास्थलमा नेपाल प्रहरीका असई निराजन बस्नेतको टोली पुगेको छ। उनी मोटरसाइकलमा घटनास्थलमा पुगेका हुन् । शव संकलन गर्ने काम भइरहेको डिआइजी बास्तोलाले बताए।

बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। सेतोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार