मङ्लबार, पुस १६, २०८१
  • होमपेज
  • सगरमाथा आरोही संगीतालाई निजामती कर्मचारी संगठनद्वारा सम्मान
समाचार

सगरमाथा आरोही संगीतालाई निजामती कर्मचारी संगठनद्वारा सम्मान

बझाङ । सर्वोच्च शिखर सगरमाथा आरोही संगीता रोकायालाई नेपाल निजामति कर्मचारी संगठनले सम्मान गरेको छ । साइपाल गाउँपालिका–४ कि स्थानीय रोकायालाई संगठनको कार्यालयमा कार्यसमितिले सम्मान गरेको हो ।

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो बझाङकी चेलीलाई हौसला बढाउन सम्मान गरेको संगठनका अध्यक्ष दिनेश धामीले बताए । उनले बिकट गाउँपालिकामा जन्मेर जिल्लाकै नाम संसारलाई चिनाउन मद्दत गरेको भन्दै प्रशंसा गरे ।

संगठनका सचिव मुकेशकुमार थापाले सगरमाथा चढ्नु मात्रै नभई छाउपडी प्रथाको अन्त्य गर्ने सन्देशसमेत संसारलाई सुनाएको बताए । उनले भने, ‘संसारको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण गर्नु बझाङका लागि मात्रै नभई सुदूरपश्चिम प्रदेशकै लागि गौरवको कुरा हो । यस्तो आरोहीलाई सम्मान गर्न पाउँदा हामी पनि खुसी छौँ ।’ उनले भने ।

आरोही संगीतालाई सम्मान गर्दै अनेरास्ववियुका नेता राजेश कार्की ।

संगठनले आरोही रोकायालाई नगद १० हजारसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा संगठनका पदाधिकारीसहित नेकपा एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार