आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • बझाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु, २ घाइते, २ बेपत्ता
समाचार

बझाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु, २ घाइते, २ बेपत्ता

बझाङ । बझाङमा यार्सागुम्बा संकलनमा गएका एक जनाको हिमपहिरोमा परेर ज्यान गएको छ । आइतबार सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै ज्यान गएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा संकलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई जना घाइते भएका छन् भने दुई जना वेपत्ता भएका छन् । घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ । हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन ।

अघिल्लो समाचार

जादुगर तिमी
जादुगर तिमी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार