सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • संग्राममा हुँदा सिंह र बाघ, मान्छेको नै हुन्छ भागम भाग
Breaking News

संग्राममा हुँदा सिंह र बाघ, मान्छेको नै हुन्छ भागम भाग

जनमुखी बन स्थानीय-संघीय सरकार
नलड एक-आपसमा बाघ-सिंहदरबार !

संग्राममा हुँदा सिंह र बाघ
मान्छेको नै हुन्छ भागम भाग

सुनी हेर सुकुम्वासीका माग
केही रोटी अनि एक मुठा साग

भोकानाँङ्गा माथि नचलोस् निर्मम तरबार
जनमुखी बन स्थानीय-संघीय सरकार

भित्र-बाहिरकै फोहर उठाउनु छ
विधि र पद्धति मिलेरै बसाउनु छ

पीडित घाउमा मल्हम लगाउनु छ
नेपाल आमाको मुहार हँसाउनु छ

कर्तव्य निर्वाह गर सम्झेर क्षेत्राधिकार
जनमुखी बन स्थानीय-संघीय सरकार

जनमुखी बन स्थानीय-संघीय सरकार
नलड एक-आपसमा बाघ – सिंहदरबार !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार