शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा
समाचार

देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा

काठमाडौं । प्रि-मनसुन सुरु भएदेखि नै देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हिउँदयाममा खासै पानी नपरे पनि प्रि-मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ। पानी पर्दा खेतीबालीमा फाइदा पुगेको छ । किसानलाई राहत मिलेको छ । लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएका बाली तथा तरकारी सुक्न थालेका थिए । ढिलै भए पनि परेको वर्षाले गहुँ, तोरी लगायतका बालीलाई फाइदा पुगेको छ ।

प्रि-मनसुन सुरु हुनासाथ स्थानीय वायुसँगै पश्चिमी वायु पनि सक्रिय बन्दा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताए । केही दिनअघि पश्चिमी वायुसँगै स्थानीय वायु र उत्तर प्रदेशमा बनेको न्यून चापीय प्रणाली सक्रिय हुँदा देशभरकै मौसम धुम्म भएर मेघगर्जन र चट्याङसहित पानी परेको थियो । प्रि-मनसुनले मनसुनकै झल्को दिएको थियो । तर, दुई दिनदेखि भने मौसम सुधार भएको छ । बेलुकीपख बदली भए पनि केही दिन अघिको जस्तो पानी परेको छैन । तर, आज राति फेरि पश्चिमी क्षेत्रमा भने मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ।

पश्चिमी वायु राति प्रवेश गर्ने सम्भावना रहेकाले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा राति पानी पर्ने अनुमान गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार