शुक्रबार, कार्तिक ३०, २०८१
शुक्रबार, कार्तिक ३०, २०८१
Breaking News

म बझाङी राजावादी !

बझाङ । म राजा जयपृथ्वीबहादुर सिंहबारे अध्ययन, अनुसन्धान गर्दै उनको जीवन दर्शनबारे लेख्ने क्रममा छु ।

राजावादी भन्न साथ तपाईँको मनमा कस्तो विचार आउँछ ? हिजोवादी, रुढ़िवादी, पुरातन चेत भएको, आजको जनभाव नबुझेको, व्यक्तिको क्षमता र उत्कृष्टता भन्दा वंश र धर्मको वर्चस्वमा विश्वास गर्ने, चाकरी गरे मालिकले सब ठिक गरी दिन्छन् भन्नेमा विश्वास गर्ने, हिजोको राज्य सत्ताको आसपास रहेर टिकाको भरमा धन र पद खाएका आदि इत्यादि । कुनै एक वंशको जेठो (या माइलो) छोरो सधैँ राष्ट्रप्रमुख हुन योग्य हुँदैन भन्ने हाम्रै इतिहासले देखाएको छ । नेपालमा निरङ्कुशता, जाती, वर्ग र लिङ्गको विभेदको प्रतीकको रूपमा रहेको राजतन्त्र जनता जागरूक भएपछि टिकेन तर हरेक बझाङ्गीले एक राजलाई आफ्नो हृदयको गद्दीमा श्रद्धा भावका साथ सदाका लागि विराजमान गराएका छन्। ती हुन् राजा जयपृथ्वीबहादुर सिंह ।

जति बेला नेपालका राजा-राणा आफ्नो गद्दी बचाई राख्न जनतालाई शिक्षित गर्न चाहँदैन थिए, भाइ भाइको हत्या गरेर अनेक पर्व मच्चाई जसको तरबार उसकै दरबार भन्ने जङ्गलराजमा विश्वास गर्थे त्यही काल खण्डमा एक राजा बझाङमा जन्मिएका थिए जसले जनता पढाउन आफ्नो श्रीपेच धरौटी राखे र जनताको सेवा गर्न आफ्नो राजगद्दी समेत त्यागे । आज नेपालका अन्य राजाहरूका नाम इतिहासका पानामा सीमित हुँदै गर्दा जय पृथ्वी बहादुर सिंहको जीवन र दर्शनमा अध्ययन, अनुसन्धान गर्न चाहने हरूको सङ्ख्या बढ्दै छ । त्यसैले त भनिन्छ विद्वता र नृपत्वको तुलना हुन सक्दैन किनकि राजाको जय जयकार एक गाउँमा हुन्छ जबकि विद्वानको जय गान संसार भर ।

विद्वत्वं च नृपत्वं च नैव तुल्यं कदाचन।
स्वग्रामे पूज्यते राजा विद्वान सर्वत्र पूज्यते।।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार