आइतवार, पुस ७, २०८१
  • होमपेज
  • विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन
समाचार

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चुनिएका संयोजक दाहालले जानकारी दिए । विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । जसमध्ये सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने २र२ जना, महिला ५ जना जनसंगठनबाट चयन हुने २ जना गरी २१ जना चयनका लागि शनिबार नै निर्वाचन हुनेछ ।

बाँकी २१ जनामध्ये ८ जना अहिलेलाई खाली राख्ने र १३ जना केन्द्रीय समितिले पछि मनोनित गर्ने निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार