सञ्चारकर्मीको छवि आज हमलामा परेको छ
मानौँ बनमाराको बीउ जो गमलामा परेको छ !
कैलाशको शिर सर्वेसर्वा हैन त्याँमाथी शिव छन्
वमन नहुने विष नीलकण्ठको गलामा परेको छ
पाठकको दिल जीते अरू केही भूषण चाहिन्न…
दक्षिणा नपाएको सराप याँ जमरामा परेको छ!
निकै झर्रो, हर्रो र बर्रो पनि कम छैनन् यहाँ टर्रो
‘त्रिफला’ बिग्रेको दोष मात्र अमलामा परेको छ
बाह्र वर्ष ढुङ्ग्रामा राखी कुकुरको पुच्छर बाङ्गै
विकृतिको मुद्दा नसुल्झिने मामलामा परेको छ !
फेसबुक प्रतिक्रियाहरु