अग्लो देखिन्थ्यो दोकान, खल्लो नहोस् पकवान
नेतालाई जबाफदेही बनाऔँ, नबनाऔँ भगवान !
हाम्रो कान त चिरिएका छैनन् भन्थे नयाँ जोगीहरू…
कुरै नसुन्ने रहेछन् यिनी, छँदै रहेनछन् यिनका कान !
एघार टक्काले पुगेन रे उनको गोरुको दाम बाह्रै टक्का
‘जसको लौरी, उसकै चौँरी’ भन्ने छ गोठालाको अडान !
युवाका सपनाहरूले आत्म दाहको आगोमा रोटी नसेक
जनताका समस्याहरू देखी प्रतिनिधिहरू नबन अनजान !
आज गरेको देवत्व करणको भोलि दानवी करण नहोस्
लोकतन्त्र मजबुत होस्, व्यक्तिभन्दा संस्थाहरू हुन् महान् !
फेसबुक प्रतिक्रियाहरु