मङ्लबार, भदौ १८, २०८१
  • होमपेज
  • एकै पटक ४२ सीडीओको सरूवा, ईलाका प्रशासन कार्यालय चन्द्रौटाका पाण्डेय बझाङ आउँदै (सूचीसहित)
Breaking News

एकै पटक ४२ सीडीओको सरूवा, ईलाका प्रशासन कार्यालय चन्द्रौटाका पाण्डेय बझाङ आउँदै (सूचीसहित)

बझाङ । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सीडीओ, सहायक सीडीओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी उपसचिव बाबुराम अर्याललाई ईलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तु सरूवा गरिएको छ भने सोही ठाउँका उपसचिव नारायण पाण्येय बझाङ आउने भएका छन् । त्यस्तै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी इलाका प्रशासन कार्यालय बुटवलमा काज सरूवा भएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ गृह मन्त्रालयमा तानिएका छन् भने सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

भक्तपुरको सीडीओमा सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई सरूवा गरिएको छ भने भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ । जनघनत्व धेरै भएका जिल्लाहरू झापामा शिवराम पोखरेललाई पठाइएको छ भने दाङमा सुशील वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई जिम्मेवारी दिइएको छ ।


फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार