शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • सुदूरपश्चिममा सभामुखको निर्वाचन सार्न सत्तारूढ दलको माग
Breaking News

सुदूरपश्चिममा सभामुखको निर्वाचन सार्न सत्तारूढ दलको माग

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुखको निर्वाचन केही दिन सार्न सत्तारूढ दलले अन दलले माग गरेका छन् ।

सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रले सभामुखको निर्वाचन सार्न अनुरोध गरेका हुन्। सुदूरपश्चिममा बिहीबार सभामुखको निर्वाचन हुने कार्यतालिका छ। यसअघि बिहीबार दिउँसो १ बजे हुने भनिएको निर्वाचन केही समयलाई सारिएको छ।

मुख्यमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीको सहयोग नपाउने देखिएपछि सत्तारूढ दलले निर्वाचन सार्ने प्रयास गरिरहेका छन्।

तर, नेपाली कांग्रेस र एकीकृत समाजवादी भने सभामुखको निर्वाचन बिहीबार नै हुनुपर्ने पक्षमा छन्। केन्द्रमा सत्तारूढ दलबीच भएको सहमति अनुसार सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने सहमति छ। बुधबार एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले उम्मेदवारी दिएका छन्। कांग्रेलाई एकीकृत समाजवादीले साथ दिएको छ।

सुदूरपश्चिम प्रदेश सभामा एक स्वतन्त्र उम्मेदवार छन् । उनले कता मत दिने भन्नेबारे अझै निर्णय गरिसकेका छैनन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४,राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । नेपाल लाइभबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार