मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • बढी कर तिर्ने व्यवसायीलाई सम्मान
Breaking News

बढी कर तिर्ने व्यवसायीलाई सम्मान

कैलाली । कैलालीमा बढी कर तिर्ने व्यवसायीलाई सम्मान गरेकाे छ । आर्थिक वर्ष ०७८/७९ मा कैलालीबाट धेरै कर (राजश्व) तिर्ने ४ जनालाई कैलाली चेम्बर अफ कमर्सले सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा नाष्ट कलेजका प्रमुख शिवहरी मुडभरी, माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साँउद, समामा इन्टरनेसनल प्रालिका सहानबाज आलम, किसान लघुवित्त वित्तिय संस्था लिमिटेड सहकारी संस्था रहेका छन् । उनीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मानित गरेका हुन् ।

कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले कोरोना कालमा पनि आफ्नो व्यवसायलाई जोगाएर बढी कर तिर्नेलाई उत्प्रेरित गर्न सम्मानित गरिएको बताए । उनले सम्मानित हुने चारै जना व्यवसायीलाई कैलाली जिल्लाको कर तिर्ने हिरो भएको औल्याए । कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्ललगायत उद्योग व्यावसायीहरुको उपस्थिति रहेको चेम्बर अफ कमर्स सुदूरपश्चिम कार्य समिति सदस्य तेजबहादुर डुम्रेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार