शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • एमालेमा फर्कन माधव नेपाललाई विष्णु पौडेलको आग्रह
Breaking News

एमालेमा फर्कन माधव नेपाललाई विष्णु पौडेलको आग्रह

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन एमालेले औपचारिक निमन्त्रणा गरेको छ । मंगलबार साँझ उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको घरमा अध्यक्ष नेपाल र उपाध्यक्ष पौडेलबीच भेटवार्ताका क्रममा नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । पाण्डेले भेटवार्ताबारे केही बोल्न चाहेनन् । विश्वस्त स्रोतका त्यस क्रममा नेता पौडेलले एमालेमा फर्कन समेत प्रस्ताव गरेका छन् । तर नेपालले स्पष्ट जवाफ नदिए पनि सोच्न सकिने भन्दै केही सर्त राखेको बुझिएको छ । ‘तपाई सरकारमा पनि आउनुस्, पछि पार्टी समेत एकता गरौं, अव मिलेर अघि बढौं, पुराना कुरा बिर्सौँ,’ नेपाललाई पौडेलको आग्रह छ । जवाफमा अध्यक्ष नेपालले पौडेलका दुवै प्रस्तावमा सोच्न सकिने तर स्पष्ट गन्तव्यविना अघि बढ्न नहुने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार