बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नारा आमरण, पुस्तान्तरण, पुस्तान्तरण…
Breaking News

नारा आमरण, पुस्तान्तरण, पुस्तान्तरण…

तारेमालेको जुधाई, बाच्छाहरूको मिचाई
बूढा किसान फेरि खोइ हलो, खोइ गाई ?

नारा आमरण, पुस्तान्तरण, पुस्तान्तरण…
७० वर्ष माथिको पुस्तालाई कति भन्ने दाइ?

मम सेन्टर बन्द हुन्न, सभापति/अध्यक्ष मै
फेरि पनि संसदीय दलको नेता पनि मलाई !

हराए शिक्षा, स्वास्थ्य, सामाजिक न्यायका मुद्दा
धर्म र राजा रे फेरि खाई-नपाई छाला टोपी लाई

अघि जाने रोकिए, पछाडि जाने फर्कौँ भन्नेछन्
पछि परेको देशलाई पश्च गमनले के गर्ला भलाई ?

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार