विसं २०५८ सालको कुरा हो । १८८÷१८९ औँ भानु जयन्तीको अवसरमा काठमाडौँका माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता राखिएको थियो । मैले अध्ययन गर्दै गरेको जोरपाटीको विद्यालय शान्ति आदर्श माविको तर्फबाट विद्यालयका प्रिन्सिपल ऋषिकेश बराल सरले मलाई भाग लिन अनुरोध गर्नु भएको थियो ।
बिहानै खचाखच भरिएको सभागृहमा हामी जाँदा कयौँ विद्यालयका विद्यार्थी आई अग्रपंक्तिका कुर्सीहरू ओगटिसकेका रहेछन् । भिडलाई ठेल्दै आयोजक डेस्कसम्म पुगेर मेरो कविता वाचन कति नम्बरमा छ भनेर हेर्दा त ४० औँ नम्बरमा रहेछ । एक जनाले कविता वाचन गर्न औसत ५ मिनेट मात्रै लगाए पनि मेरो पालो करिब ३ घण्टापछि आउने भो ।
मलाई हुटिङ गर्न भनेर आएका मेरा केटा साथीहरू शुषिर, सन्तोष, सोनाम, मिंगमार, विकास, सुदर्शन, किशोर, अर्काे विष्णु (बि एण्ड बि), राजु, रवि र योगेश र केटी साथीहरू सुहानी, पेमा, सबिना, रेणु, पवित्रा, संगीता (ठूली), संगीता (सानी), अन्जु, मञ्जु, जया र सम्झना लगायतलाई मेरो पालो त तीन घण्टापछि पो आउने भो भन्दा सबलाई झ्याउ लाग्यो। केटीहरू त ल ‘हिँड तितौरा, पानीपुरी खान जाउँ’ भनेर पो चल्दिरा के !
विकासले ल हिँड केटा हो शिखरको चुचुरोमा आगो लगाउन जाउँ भन्यो (शिखर चुरोट तान्न भनेको) केटाहरू सबै नजिकैको चिया पसलमा गयौँ । हामीले पसलामा चिया मगायौं । विकासले भन्यो, ‘विष्णे, तेरो पालो आउँदासम्म त निर्णायक मण्डली सुतिसक्छन् होला, छोड्दे बरु कतै घुम्न जाउँ ।’
किशोरले विकासलाई हप्काउँदै मप्रति सहानुभूति देखाउँदै भन्यो, ‘चुप लाग् विकास, अब लामो आइसकेपछि भाग त लिनै प¥यो नि । पछि नाम बोलाउँदा नगए शान्ति स्कुलका प्रत्याशी भागे भन्दैनन् ?’ सुदर्शनले मेरो समर्थनमा खुलेरै भन्यो, ‘विष्णुको कडै जान्छ नि !’
लास्टमा रविले भन्यो, ‘हैन विष्णु, सर जाँदा हामी हुटिङ गरेर निर्णायक मण्डलीलाई उठाउँला नि ! जाऊ तिमी ब्रो, आए आँप, गए झटारो !’ जे होस् यस्तै गफ्फिँदै, बाटोमा हिँड्दै गरेका केटीहरू हेर्दै, पत्रिका पढ्दै बल्लबल्ल साढे दुई घण्टा कटाइयो । त्यत्तिकैमा सम्झना आएर भनी, ‘केटाहरू कहाँ हराए ? ३५ जनाले कविता पढिसके, विष्णु खै ? भन्दै छन् ऋषि सर ।’
हामी कविता वाचन हलमा पुग्दा ३७ जनाले वाचन गरिसकेका रहेछन् । हामी सभा हलमा पुनः प्रवेश गर्दा ३८ सौं प्रत्याशीले शार्दूलविक्रीडित छन्दमा कविता वाचन गर्दै थिए ।
‘अन्जुदास भनेर कोकिलहरू काला भए तापनि
कुँज्दै छन् वनमा नअड्छ तिनको आफ्नो वसन्ती ध्वनि’
मलाई वाचकको अनुहार हेर्दा यो कविता उनले लेखेको हैन, कतैबाट सारेर ल्याएका हुन् झैँ लाग्दै थियो । मलाईजस्तै भान अरूलाई पनि भइरहेको थियो । पवित्राले, ‘यो त पक्कै यिनका बुवाले लेखिदिएको या कुनै पत्रिकाबाट सारेर ल्याएको हुनुपर्छ’ भनिन् ।
मलाई पनि यस्तो झेल्ली हुने प्रतियोगितामा हामीजस्ता सोझा साझाको के काम भनेझैँ लागिरहेको थियो । अझ ३९ औँ प्रतियोगीले त झन् भानुभक्तको जस्तै दौरा र टोपी नै लगाएर आएका रहेछन्। उनले ‘मालिनी छन्दको प्रत्येक पाउमा क्रमशः न न म य य गणको प्रयोग हुन्छ । हरेक पाउको आठौँ र अन्तिम अक्षरमा बिराम हुन्छ’ भन्ने व्याख्या गर्न ‘ननमयययुतेयं मालिनी भोगिलोकै’ भन्ने संस्कृत श्लोक पनि सुनाए ।
उनले काव्यात्मक दृष्टिले उपमा, उत्प्रेक्षा र रुपकादी अलंकारले भरिभराउ छन्दवद्ध कविता हाम्रा सांसदहरूले प्रतिनिधि सभामा लेखेर ल्याएको नोट कनी–कनी पढेझैँ कविता वाचन गरे । सुन्न मिठो लागे पनि उनका शब्द कतैबाट उधारो, सापटी लिएर आएझैँ प्रतीत भइरहेको थियो ।
९÷१० कक्षामा पढ्ने कवि भाइबहिनीहरूले शार्दूलविक्रीडित र मालिनी छन्दहरूमा कविता वाचन गरिदिएपछि यो सोझो गाउँलेको छोरो भुइँमान्छेले त्यस्तो प्रतियोगितामा कसरी सहभागी हुने ? कसरी जित्ने ? यही आक्रोश र विद्रोहका भावहरूले ओतप्रोत भएर म आफ्नो कविता वाचन गर्न स्टेजमा पुगेँ । तर, मैले सिधैं श्रोता र निर्णायक मण्डलीतर्फ हेरेर कविता भन्न थालेँ किनकि मलाई कागजमा कोरेको आयातीत कविता हैन हृदयबाट सोझै प्रस्फुटित भएको मौलिक कविता जो वाचन गर्नु थियो !
मैले सुरु मेरो गरेँ शीर्षक बिनाको कविता….
‘लेखूँ भने कविता न शब्द छ न मिलेको छन्द
ए कलम पनि छैन, किन्न जाँदा त नेपालै बन्द !’
भनेर आफ्नो कविता वाचन सुरू गर्दा ताली र हाँसोले सानोतिनो भुइँचालो नै गयो । मेरो उरन्ठ्याउलो शीर्षक नै नभएको कविता सुन्दा मञ्चमा आसीन निर्णायक मण्डली समेत हाँस्न थाले । मेरा जिग्री विकास, सुदर्शन, बि एण्ड बि, राजु, रवि र रयोगेश त सिठी बजाएरै हुटिङ गर्न थाले । त्यसैगरी पेमा, सबिना, अन्जु, मञ्जरी, जया र सम्झनासमेत हातको रुमाल गोजीमा राखेर ताली बजाउन थाले । दर्शक÷श्रोताबाट पाएको समर्थनले मलाई हौस्यायो अनि झन् जोसका साथ पूरै कविता सुनाएँ ।
लेखूँ भने कविता न शब्द छ न मिलेको छन्द
ए कलम पनि छैन, किन्न जाँदा त नेपालै बन्द !
न छन्दविद् छिन् मेरी माता, कवि मेरा पिता
तपाईं नै भन्नुहोस् न कसरी लेखौँ म कविता ?
आफ्नै ठुटे कलमले फुर्दैन काव्य सितिमिति
भानु स्मृति, के दशाले आयो आजको यो मिति ?
चिया पानी यसो टक्र्याऊँ भने पनि चिन्या छैन निर्णायक समिति
कल्लाई सोधौँ, काँबाट सारौँ, कसरी जाउँ म यो प्रतियोगिता जिती ?
हरियाली डाँडाकाँडाले भरिएको मेरो देश लेखौँ भने
यहाँको धुलो, धुवाँ र फोहोर मैलाको बारे कसले लेख्ने ?
आजका हामी कोपिला, भोलि गई फुल्नु छ लेखे
मेरा कवि भाइबहिनीहरूले कविता पो के लेख्ने ?
घर सौता छ, माइत सानीमा लेखौँ भने म नारी हैन
के निहुँ पाऊँ कनिका बुकाऊँ कविता लेख्ने शीर्षकै छैन
विरोध गर्ने सतिलाई जलाइयो, सुकरातलाई यहाँ विष पिलाइयो
सत्य बोल्न मुस्किल छ त्यही पनि हल्का अन्त्यानुप्रास मिलाइयो
(अड्को पड्को तेलको धूप, कविताजस्तो त भयो
शीर्षक चाहिँ अब के पो राखुँ, यो सन्देह मनमै रह्यो
मैले कविता सुनाइसकेर फर्कंदै गर्दासमेत ताली र हाँसोले पूरै सभा गुञ्जिरहेको थियो । म दर्शकदीर्घमा फर्कंदै गर्दा सबैले ‘यो को ? उरन्ठ्याउलो कविता सुनाउने को रहेछ ?’ भनेर फर्की फर्की हेर्दै थिए । म अचानक आफू सेलिब्रिटी भएको महसुस भयो । मेरो सरल हृदयबाट निस्किएका शब्दहरूले यसरी सबैको मन छोला भन्ने कल्पना पनि गरेको थिइनँ ।
मेरो कविताले यति उद्वेलित बनाइदियो कि म पछिका वाचकहरूले कुन छन्दमा कविता वाचन गरे भन्ने पनि कसैको ध्यान जान छोड्यो र अन्त्यमा जब विजेताको रुपमा मेरो नाम घोषणा भयो र पुरस्कार लिन म मन्च तिर जाँदा सबैले पुनः ताली र हुटिङ गर्दै थिए, मेरा जिग्रीहरूको त झन् भुइँमा खुट्टै थिएन ।
प्रमाणपत्र र पुरस्कार स्वरूप पारिजातद्वारा रचना गरिएको ‘शिरिषको फूल’, विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ जस्ता नेपाली साहित्यका केही कृतिहरू मिले । यी किताबहरूको पहिलो पृष्ठमा आफ्नो नाम र सिग्नेचर सहितको ‘अटोग्राफ’ लेखिदिन जब मैले मेरा श्रद्धेय गुृरू तथा शान्ति आदर्श माविका प्रिन्सिपल ऋषिकेश बराल सरलाई अनुरोध गर्दा सरले हर्षको मुस्कानसहित ‘बधाई छ छोरा ! स्कूलको नाम राखिस् भनेर आशीर्वाद दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु