शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • ५० हजार अनुदानसहित छनौटमा पर्‍यो एसपीए थियटर्स
Breaking News

५० हजार अनुदानसहित छनौटमा पर्‍यो एसपीए थियटर्स

कैलाली । धनगढीएको एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लब ५० हजार अनुदानसहित नाटक प्रदर्शनीका लागि देशभरिबाट छनोटमा परेको छ ।

कथा घर नेपालले देशभरिबाट आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा सुदूरपश्चिमबाट थियटर्स एण्ड आर्टस क्लब छनौटमा परेको हो ।

काठमाडौंमा रहेको कथा घरले देशभरि महिलाका क्षेत्रमा छोटा सडक नाटकहरु बनाएर अनुदानका लागि खुला आह्वान गरेको थियो । जसमा एसपीएको ‘नरपिपासु’ नाटक अनुदानका लागि छनौटमा परेको हो । अब क्लबले उक्त नाटक सार्वजनिक स्थानमा प्रस्तुत गर्नेछ ।

देशभरिका महिला निर्देशकहरुले मात्रै सहभागिता जनाउँन पाउने उक्त प्रतिस्पर्धामा एसपीए कलेजकी स्नातक तहमा अध्ययनरत् छात्रा आयुष्मा जोशीले निर्देशकको भूमिका निर्वाह गरेकी छिन् ।

उनीसँगै मोरङबाट सुमन कुईँकेल बराल, काभ्रेबाट सरला पराजुली, ताप्लेजुङबाट सबिता अधिकारी, झापाबाट कबिता नेपाल र इलामबाट प्रमिला राईको नाटक छनोट भएको छ ।

आफूहरुको नाटक देशभरिबाट छनोटमा पर्दै अनुदान जित्नुले थप हौसला मिलेको आयुष्माले बताईन् ।

‘देशभरिकै प्रतिस्पर्धामा अब्बल सावित हुँदै अनुदान पाउनु आफैमा गर्विलो कुरो हो । यसमा दिनरात मिहिनेत गर्ने मेरो टिमप्रति म आभार व्यक्त गर्दछु,’ आयुष्माले भनिन्, ‘क्याम्पसले हामीलाई पहिलेदेखि नै आफ्नो रुचिको क्षेत्रमा काम गर्न अभिप्रेरित गरिरहेको छ । क्लब नै गठन गर्दै हामीलाई अग्रसर हुन प्रेरित गर्ने कलेज परिवारप्रति गर्व गर्दछौं ।’

उक्त नाटकमा कलेजका १५ बढी विद्यार्थीहरु विभिन्न पात्रका रुपमा संग्लन छन् । विद्यार्थीहरुलाई रंगकर्मी पुष्पराज अवस्थीले प्रशिक्षित गरिरहेका छन् । योगमाया, बहुलाकाजीको सपना, सातुको कथा, लिलामे माइलो, सिलान्यास, जंगे पिल्लर, पत्थरको कथालगायत थुप्रै नाटकहरुमा अभियन गरिसकेका अवस्थीले चिसो मान्छे, के घर के डेरा, जुलेबी, रुदानेलगायत चलचित्रमा पनि अभियन गरेका छन् ।

छोटो समयमै विद्यार्थीको राष्ट्रियस्तरको अनुदान पाउँदा खुशी व्यक्त गरे । आफूहरुको प्रयासले सुदूरपश्चिमको रंग क्षेत्रलाई देशमा चिनाउँन मद्दत पुर्याएको उनी बताउँछन् ।

एसपीएले रंगमञ्च तथा कला क्षेत्रमा रुचि भएका विद्यार्थीहरुका लागि थियटर्स तथा आर्टस क्लब गठन गरेको छ । क्लबमा आवद्ध विद्यार्थीहरुलाई रंग क्षेत्रका विभिन्न व्यक्तित्वहरु ल्याएर प्रशिक्षित गराइन्छ । यसअघि पनि क्लबले धनगढीका अवसरमा ‘महिषासुर मर्दनी’ नाटकको मञ्चन गरिसकेका छन् ।

एसपीएले आफ्ना विद्यार्थीहरुको चौतर्फी विकासका लागि विभिन्न १५ वटा क्लबहरुको गठन गरेको छ । भविष्यमा आफ्नो करिअर अगाडि बढाउँन चाहने विद्यार्थीहरु आफ्नो रुचिअनुसारको क्लबमा आवद्ध हुन सक्छन् । क्लबमा आवद्ध विद्यार्थीहरुका लागि कलेजले उनीहरुको प्रकृति अनुसारको प्रशिक्षण, सेमिनारको व्यवस्था गरिदिने गरेको छ ।

यो आधुनिक शिक्षाको उत्कृष्ट नमूना भएको क्याम्पस प्रमुख योगराज उपाध्याय बताउँछन् ।

‘अब किताबी रटानलेमात्रै विद्यार्थीलाई पुग्दैन । शैक्षिक संस्थाले उनीहरुको रुचिअनुसारको क्षेत्रमा लाग्न र त्यसमा अब्बल हुन प्रेरित गर्नुपर्छ,’ उपाध्यायले भने,, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । एसपीएले अध्ययनसँगसँगै विद्यार्थीहरुको भविष्यको पनि सुनिश्चितताका लागि काम गरिरहेको छ ।’

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो। एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन्। सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन्। आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ। टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार