शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु
समाचार

नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु

दार्चुला । दार्चुलाको सदरमुकाम खलङ्गालाई जोखिममा पार्ने गरी भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेपछि दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भएको विवाद अहिले समाधान भएको छ ।

नेपाली नागरिकले तटबन्धको विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको भन्दै दिउँसो पुलमासमेत आवतजावत बन्द गरिएको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएमबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । दुवै देशका सरकारी कर्मचारीबीच भएको छलफलमा प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै भारतले तटबन्धन निर्माण गर्ने सहमति भएपछि सीमा नाका खुला गरिएको उनले बताए।

भारतले नेपालतर्फ महाकाली नदीको धार फर्काउने गरेर तटबन्ध निर्माण गरिरहेको भन्दै दार्चुलाका स्थानीयवासीले विरोध गरेका थिए । उनीहरूले विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको थियो । यस घटना चार जना नेपाली घाइते भएको स्थानीयले बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता शाहीले बताए ।

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार