बुधबार, भदौ १९, २०८१
  • होमपेज
  • स्कटल्यान्डसँगको खेलमा नेपालको खराब ब्याटिङ
समाचार

स्कटल्यान्डसँगको खेलमा नेपालको खराब ब्याटिङ

काठमाडौं । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डसँगको खेलमा खराब ब्याटिङ गरेको छ । नेपालले स्कटल्यान्डलाई एक सय ३८ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर १ बलमा एक सय ३७ रन बनाउँदा अलआउट भयो । नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस सोलले तीन विकेट लिए ।

यसअघि नामिबियासँगको खेल वर्षाका कारण प्रभावित भएपछि नेपालले एक अङ्क पाएको छ । स्कटल्यान्डले भने शृङ्खलाको पहिलो खेलमा नामिबियालाई पराजित गरेको छ । नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग–२ खेलिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार