शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ६१ प्रतिशत मत खस्यो, मतदान स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने
Breaking News

६१ प्रतिशत मत खस्यो, मतदान स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो। प्रमुख आयुक्त दिनेश थपिलयाले प्रारम्भिक जानकारी अनुसार ६१ प्रतिशत मतदान भएको बताए। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको भन्दै उनले पूर्ण विवरण आएपछि यो संख्या थप बढ्ने बताए।

आयोगको अपेक्षाभन्दा मतदान कम भएको प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।​केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

यस्तै आयोगले विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार