बुधबार, भदौ १९, २०८१
  • होमपेज
  • भूकम्पीय जोखिम न्यूनीकरण गर्न ‘प्रतिरोधी घर’
Breaking News

भूकम्पीय जोखिम न्यूनीकरण गर्न ‘प्रतिरोधी घर’

बझाङ । भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्न भूकम्पीय घर निर्माण गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

जयपृथ्वी नगरपालिकासँग    साझेदारी गरेको नेपालको पश्चिममा   सहरी र भूकम्प पूर्व तयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण परियोजनाले गरेको अन्तक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

सबैभन्दा जोखिम जिल्ला बझाङ पनि भएको भन्दै कार्यक्रममा सहभागीले २०३७ सालमा भएको भूकम्पीय घटनालाई     स्मरण गरेका थिए । नेपालको दोस्रो ठूलो भूकम्पीय जोखिम भएको बझाङमा सचेत रहनका लागि समूहगत छलफल गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, पत्रकार तथा नागरिक समाज, स्थानीयको भूमिकाबारे छलफल भएको थियो ।

छलफलमा दुर्घटनापछि स्थानीयको जानकारी तथा विभिन्न      सरोकारवाला निकायले पीडितको खोज तथा उद्दारदेखि राहत पुनस्र्थापित सम्मको अवस्थालाई आ–आफ्नो भूमिकाबारे अन्तक्र्रियासहितको छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले भूकम्पीय जोखिम भएको हुँदा बझाङमा नयाँ बन्दै गरेका भवनहरू मापदण्डअनुसार निर्माण गर्नुपर्ने बताए । उनले विपद्बाट जोगिन र विपदपछि सरोकारवालाको भूमिका   बारे ध्यान दिन सबैलाई आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले पनि विपदको अवस्थालाई न्यूनीकरण गर्न रेडक्रसजस्ता निकायले आह्वानलाई सर्वसाधारणले पालना गर्नुपर्ने बताए । उनले भने, ‘विपदजन्य कुराहरूलाई विभिन्न संघ, संस्था तथा सरकारी निकायले दिने सचेतनामुलक कुराहरूलाई पालना गर्नुपर्छ ।’

विपद कुनै व्यक्तिका लागि नभई जसलाई पनि आइपर्ने हुँदा यसमा सबैले ध्यान सचेत हुनुपर्ने उनले बताए । ‘देशभर सबैभन्दा जोखिम पनि बझाङ नै भएको हुँदा कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्य संस्था, स्थानीय सबै निकायको समान भूमिका हुने हुँदा विपद् अघि र पछिका लागि गम्भीर भएर सोच्नुपर्छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार