बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • दसैँ मर्यादित र व्यवस्थित बनाऔं ।
Breaking News

दसैँ मर्यादित र व्यवस्थित बनाऔं ।

संसारभर फैलिएको नोबेल कोरोना भाइरसका कारण ३ वर्षदेखि खुलेर नमनाइएको हिन्दुहरूको महान् चाड बडादसैँ तथा दीपावली यस वर्ष हरेक ठाउँमा सभ्य र भव्य तरिकाले मनाइदैछ । नजिकै आइरहेको दसैँलाई मर्यादित तथा व्यवस्थित बनाउन सुरक्षा निकाय पनि लागि परेका छन् । गाउँघरमा नाचगानदेखि तिथिअनुसार लाग्ने दसैं मेला व्यवस्थापनका लागि स्थानीयहरू जुटिसकेका छन् ।

वर्षमा एक पटक आउने पर्वमा आफन्तसँगको भेटघाट तथा रमाइलो गर्न प्रदेशिएकाहरू भित्रिरहेका छन् । मजदुरीको सिलसिलामा भारतमा गएका नेपालीहरू अहिले दैनिक पचासौं हजारको संख्यामा स्वदेश भित्रिरहेका छन् । तिथिअनुसार पर्ने मेलाका लागि खेल प्रतियोगिताहरू पनि धेरै ठाउँमा आयोजना गरिएका छन् ।

केही वर्ष यता खुला रूपमा दसैं तिहार मनाउन नपाएकाहरू यो पटक भने निकै आकर्षित भएका छन् । विभिन्न सहर क्षेत्रमा त एकतर्फ दसैंको रमाइलो हुन्छ भने अर्कोतर्फ निकै असुरक्षित वातावरण पनि भइरहेको हुन्छ । त्यसका लागि सुरक्षा निकाय चनाखो हुनुपर्नेछ ।

पर्वहरूका बेलामा सहर पसेकाहरू गाउँघरमा जान्छन् । त्यसबखत सहरका विभिन्न स्थानमा चोरीका घटनाहरू हुने गर्छन् । खुसी साथ गाउँ गएकाहरू फर्कदा खुसी साट्न नपाउँदै कतिपयको दुःखको भारीले च्यापिएको हुन्छ । त्यसका लागि सुरक्षा निकायले निगरानी बढाउनु जरुर देखिन्छ । गाउँघरमा पनि मदिरा, चरेस, गाँजा सेवनकर्ताले गाउँघर अमार्यादित बनाएका हुन्छन् । प्रहरी प्रशासनले त्यस्ता गतिविधि गर्नेलाई रोक्नका लागि गाउँका अगुवा तथा बुद्धिजीवीसँग समन्वय गरेर मर्यादीत बनाउन सघाउनुपर्छ ।

साथै मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि पनि बहस तथा दलीय झैझगडा हुन सक्छ । अहिले राजनीतिले गर्दा परिवारभित्रै मनमुटावको अवस्था समेत भइरहन्छ । जसले गर्दा वातावरण नै अशान्त बन्न सक्ने खतरा हुन्छ । त्यसका लागि सम्बन्धित सबैले ध्यान दिनु जरूरी हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार