बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • ४० अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक
अर्थ

४० अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्बको ट्रेजरी बिल खरिद गर्न लागेको छ । बैंकले एक सूचना प्रकाशित गरी सोझै सो खरिद उपकरण बोलकबोलको माध्यमबाट आह्वान गरेको हो ।

बैंकले बोलकबोलबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था बिभागले जनाएको छ । यसका लागि अपराह्न ३ बजेसम्म आवेदन दिने समय तोकिएको छ ।

बैंकले प्राप्त आवेदनको अध्ययन गरेर भोलि शुक्रबार ट्रेजरी खरिद गर्ने जनाएको छ । बैंकिङ प्रणालीमा कम तरलताको अवश्था देखिएपछि तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण भनेको सोझै खरिद हो ।
राष्ट्र बैंकले तोकिएको समयभित्र भुक्तानी मिति रहेको ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल गरेर खरिद गर्दछ। त्यस बापतको रकमा बोलकबोल गर्नेलाई भुक्तानी गरिन्छ । यसबाट बैंकिङ प्रणालीमा तरलता प्रवाह हुने गर्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार