बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आँधी बन्दैछ डा. केसीको संकल्पको लहर !
Breaking News

आँधी बन्दैछ डा. केसीको संकल्पको लहर !

के छ नेताज्यू आजकलको हाल-खबर ?
भोट दिने गाउँमै छुटे, तिमी पस्यौ सहर !

जनताबाट सिंहदरबार भयो टाढा टाढा,
कैले आउँछ तिमीलाई, सुदूरपश्चिम नजर !

साम्राज्य ढाले, सत्याग्रहको शक्ति कम नआँक
आँधी बन्दैछ डा. केसीको संकल्पको लहर !

बिचौलियाका प्रभावमा स्वास्थ्यका मुद्दा बिक्छ
कसले गर्ला, तिम्रो खोक्रो समाजवादको कदर ?

खोक्रा नाराले देश बन्दैन, इमान हुनुपर्छ
खन्ने भए स्यालले किन बाँझा हुन्थे बगर !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार