बुधबार, माघ ९, २०८१
  • होमपेज
  • अझै जुटेन सिट बाँडफाँटमा शीर्ष नेताहरूबीच सहमति
Breaking News

अझै जुटेन सिट बाँडफाँटमा शीर्ष नेताहरूबीच सहमति

काठमाडौं । सत्तारुढ गठबन्धन सिट बाँडफाँटबारे सहमति जुटाउन कठिन भएको छ । प्रत्यक्षतर्फ कठिन भएपछि अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएर मात्रै प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ ।

प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरु निरन्तर छलफलमा जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त र द्विपक्षीय छलफल भएको थियो ।

सिट बाँडफाँटमा शीर्ष नेताहरु लचिला पनि देखिएका छन्, तर सहमति जुटेको छैन । कार्यदलका सदस्यहरुका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धन गर्ने पक्षमा छन् । सिट बाँडफाँटमा निरन्तर छलफल भइरहेको छ । करिव १०० आसपासको सिटमा सहमति पनि जुटेको देखिन्छ । कार्यदलका एक सदस्यका अनुसार ६०/६५ सिटमा कांग्रेस, २०/२२ सिटमा माओवादी ८/९ मा एकीकृत समाजवादी ५/७ सिटमा जसपाको नाममा लगभग सहमति जुटेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार