शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • बाढीका कारण करिब डेढ दर्जन घरहरू बगे, ११ जना बेपत्ता
फोटोफिचर

बाढीका कारण करिब डेढ दर्जन घरहरू बगे, ११ जना बेपत्ता

गयारातीदेखिको अविरल बर्षाले गर्दा महाकाली नदीमा बाढी आएको छ। दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

बाढीका कारण करिब डेढ दर्जन घरहरू बगेका छन् भने हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पानी पर्न रोकिएपछि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ। नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ ।              विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा रातिदेखि नै ठूलो पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनका अनुसार गए रातिदेखि नै डडेल्धुरा, बाजुरा, डोटी, कञ्चनपुरलगायतका ठाउँमा ठूलो पानी परिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा