शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • एनआरएनए मलेसियाले तीजमा सांस्कृतिक कार्यक्रम गर्ने
समाचार

एनआरएनए मलेसियाले तीजमा सांस्कृतिक कार्यक्रम गर्ने

दिनेश खड्का

मलेसिया । गैरआवसीय नेपाली संघ मलेसियाले विगतका वर्षहरूमा झैं यसपटक पनि नेपाली महिलाहररूको महान चार्ड हरितालिका तीजको अवसरमा दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यहि अगष्ट २० तारिख स्थानीय समयअनुसार दिउँसो को ३ बजेदेखि एनआरएनएको आफ्नै भवनमा आयोजना गर्न लागेको हो ।

नेपाली रितिरिवाज चार्ड पर्वको जगेर्ना गर्नुको साथै विभिन्न कारणले मलेसियामा कार्यरत नेपाली दिदीबहिनीहरूलाई लक्षित गर्दै उक्त कार्यक्रम गर्न लागेको एनआरएनए मलेसियाका महासचिव रञ्जित क्षेत्रीले जानकारी दिए । आफ्नो जन्मभूमि छोडि मलेसियामा बसेर एक दिन भए पनि आफ्नो दिदिबहिनीहरूको साथमा माइतीको सम्झनालाई बिर्साउने गरि कार्यक्रम अवधिभर मनोरञ्जनसमेत दिने महासचिव क्षेत्रीले बताए ।

नेपाली महिलाहरूको पर्व तीज कार्यक्रमलाई नेपाल कै अनुभूति हुने गरि मलेसियामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरू र संघ–संस्थाहरूलाई पत्रचार गरिसकेको र कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सिङ्गो एनआरएनए मलेसिया लागि रहेको महासचिव क्षेत्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार