आइतवार, पुस ७, २०८१
  • होमपेज
  • पत्रकारले पारिश्रमिक नपाएको भन्दै जनता टिभीमा श्रमजीवी पत्रकार संघको धर्ना
समाचार

पत्रकारले पारिश्रमिक नपाएको भन्दै जनता टिभीमा श्रमजीवी पत्रकार संघको धर्ना

काठमाडौं । जनता टेलिभिजनमा पूर्वकार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् । श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।

धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जैसीले अहिलेको २१औं शताब्दीमा आएर पनि बौद्धिक शोषण गर्ने लाजमर्दो कुरा रहेको बताए । उनले टेलिभिजन व्यवस्थापनले बाँकी रहेको बक्यौता नदिएसम्म विभिन्न चरणको आन्दोलन गरिने समेत बताए ।

धर्ना कार्यक्रममा श्रमजीवी पत्रकार संघ, नेपालका महासचिव धनञ्जय बुढा, कानुनी सल्लाहकार विष्णु कुमार गिरी, राष्ट्रिय समाचार समितिका प्रकाश सिलवाल, लगायत एक दर्जनबढी पत्रकारहरूको सहभागीता थियो ।

धर्नामा सहभागीहरूले “जनता टिभीमा काम गरेका सम्पूर्ण श्रमजीवीको बाँकी बक्यौता तत्काल भुक्तानी गर”, पटक पटक झुक्याएर पत्रकारलाई दुःख दिने हर्कत बन्द गर, श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा र सामाजिक सुरक्षा कोष तत्काल लागू गर” लेखेको प्लेकार्ड बोकेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार