शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • लोक सेवाको तयारीका लागि उपयोगी
समाचार

लोक सेवाको तयारीका लागि उपयोगी

१. नेपाल आयल निगमले मुलुकभर युरो–६ मापदण्डको इन्धन विक्री वितरण कहिलेदेखि सुरु गरेको हो ? –वि.सं. २०७६ चैत
२. रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकले गरेका हुन् ? –चीन (सन् २०१८)
३. नेपाल सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना कहिलेदेखि सुरु गरेको हो ? –वि.सं. २०७५ मंसिर ११
४. सरकारले सामाजिक सुरक्षा दिवस मनाउने घोषणा कहिले गरेको हो ? –वि.सं. २०७५ मंसिर ११
६. विश्वमै पहिलोपटक स्पेस एलिभेटर (लिफ्ट) को परीक्षण कुन देशले गरेको हो ?
–जापान (सन् २०१८ सेप्टेम्बर)
७. बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले कहिले गरेको हो ?
–वि.सं. २०७६ फागुन २२
१०. राष्ट्रिय कलाश्री पुरस्कार (२०७६) कसलाई प्रदान गरिएको थियो ?
–साहित्यकार गणेश रसिक (पुरस्कार राशिः रु. एक लाख)
११. देउकेटा प्रथा कहाँ छ ? – दैलेख
१२. मुलुकको सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजना कहाँ छ ? –नुवाकोट
१४. द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ? –वि.सं. १६१६ भदौ २५
१७. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्र संघीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ?
–सन् २०१६ सेप्टेम्बर १९
चुम्बकले आफ्नो वरिपरि रहेको चुम्बकीय वस्तु वा अर्को चुम्बकलाई असर पार्न सक्ने सम्मको क्षेत्रलाई के भनिन्छ ? –चुम्बकीय क्षेत्र (शक्तिशाली चुम्बकको चुम्बकीय क्षेत्र ठूलो र कमजोर क्षेत्र सानो हुन्छ ।)
२३. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ? –वि. सं. २००२ असोज १
२४. पहिलोपटक कुसुन्डा भाषाको पढाइ औपचारिक रूपमा कहाँ सुरु गरिएको छ ?– लमही (दाङ)
२५. चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो ?–वि.सं. २०७४ जेठ ४ (नाराः चुरेको पानी चुरेलाई, स्वच्छ पानी सबैलाई)
२६. प्रसिद्ध भाजुपोखरी कहाँ छ ? –भक्तपुर (१२औँ शताब्दीमा निर्माण भएको)
२७. संयुक्त राष्ट्र संघमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?–सन् १९९८
२८. ‘तेक्वान्दो क्विन’ का नामक चिनिने नेपाली खेलाडी को हुन् ? –संगिना बैद्य
२९. रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकले गरेका हुन् ? –चीन (सन् २०१८)
३०. नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
३१. नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
३२. नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? –६ वटा
३३. चीन र भारत कुनै पनि देशसँग सिमाना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६
३४. भारतसँग मात्रै सिमाना जोडिएका कति वटा जिल्लाहरु छन् ? –२६ वटा
३५. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
३६. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार