शनिबार, भदौ २२, २०८१
  • होमपेज
  • बझाङमा रेडक्रसले दियो मनसुन पूर्वतयारीको आइआरए तालिम
Breaking News

बझाङमा रेडक्रसले दियो मनसुन पूर्वतयारीको आइआरए तालिम

बझाङ । युरोपियन युनियनको आर्थिक सहयोग र यूएनडीपीकाे प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाको आयोजनामा सञ्चालित SUPER परियोजना अन्तर्गतको एक महत्वपूर्ण गतिविधि आइआरए  तालिम सम्पन्न भएको छ ।

परियोजना लागू भएको जयपृथ्वी नगरपालिका वार्ड न. ९ र १० का जनप्रतिनिधि र कर्मचारीहरू, नगरपालिकाका आइटी,  डीआरआर फोकल पर्सन, नगर प्रहरी, डीडीएमसीका डीआरआर फोकल पर्सन, पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको समेत गरि २६ जनाको उपस्थितिमा रहेको उक्त २ दिने IRA तालिम सम्पन्न भएको हो ।

विपद् व्यवस्थापन सम्बन्धिका शब्दावलीहरू, नीतिगत व्यवस्था, लेखाजोखा औजारका (बिधिहरू) IRA, MIRA, CSDA र PDNA मध्येको र पहिलो औजार IRA र यसको मोबाइल एप्लिकेसन सहितको विषयवस्तुमा सहजीकरण गरिएको छ । विपद पश्चात् २४ घण्टाभित्र गरिने लेखाजोखा IRA तालिमको अगुवाई स्थानीय तहले गर्ने र रेडक्रस तथा प्रहरी समेतको उपस्थिति रहने भएकोले बिश्वासिलो र भरपर्दो विषय भएको तालिम समापनमा उपस्थित अतिथिहरू बताएका थिए ।

कार्यक्रम रेडक्रस सभापति खड्कबहादुर बोहराको सभापतित्वमा भएको थियो भने सहजीकरण मन्त्री ईश्वरनाथ जोशी र UNDP का IC गौरीलाल बुढाथोकीद्वारा गरिएको थियो ।

सभापति बोहराका अनुरसार आइआरए तालिममा विपद् व्यवस्थापन सम्बन्धिका शब्दावलीहरू, नीतिगत व्यवस्था, लेखाजोखा औजारका (बिधिहरू) आइआरए, एमआइआरए, सीएसडीए र पीडीएनए मध्येको र पहिलो औजार आइआरए र मोबाइल एप्लिकेसनसहितको विषयवस्तुमा सहजीकरण गरिएको हो ।

विपदपश्चात् २४ घण्टाभित्र गरिने लेखाजोखा आइआरए तालिमको अगुवाई स्थानीय तहले गर्ने र रेडक्रस तथा प्रहरी समेतको उपस्थिति रहनुपर्ने जिल्ला समन्वय समितिका संयोजक नरबहादुर बोहराले बताए । कार्यक्रममा मन्त्री ईश्वरनाथ जोशी र यूएनडीपीका आइसी गौरीलाल बुढाथोकीले सहजीकरण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार