शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • मूल्यवृद्धिबारे जवाफ दिन सभामुख सापकोटाद्वारा सरकारलाई रुलिङ
Breaking News

मूल्यवृद्धिबारे जवाफ दिन सभामुख सापकोटाद्वारा सरकारलाई रुलिङ

सभामुख अग्नि प्रसाद सापकोटाले मूल्यवृद्धिबारे संसदलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधि सभाको आज सोमवारको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकको दैनिकी नै ठप्प हुने गरी महँगी बढिरहेको भन्दै सम्बन्धित मन्त्रीले यसको जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएपछि सभामुख सापकोटाले यो विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको र सरकारलाई सत्य,तथ्य जानकारी गराउन रुलिङ गरेका हुन् । सभामुखको रुलिङपछि एमालेका सांसदले बैठक चल्न दिएका छन् ।

यसअघि एमालेकी सांसद पद्मा अर्यालले हप्तैपिच्छेको मूल्यवृद्धिले नागरिकलाई छाक टर्न पनि समस्या हुने अवस्था आएकोले यस्तो अवस्थामा आफ्नो दल चुप लागेर बस्न नसक्ने बताइन ।अर्यालले भनिन्, ‘यति छोटो–छोटो समयमा यति धेरै मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई किन आइलाग्यो, यसको जवाफ हामी चाहान्छौँ, नागरिकको जीवनसँग जोडिएको यो प्रश्नको जवाफ मन्त्रीले यहाँ दिनैपर्छ’

नेपाल आयल निगमले गए रातिदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पु¥याएको छ । जसको सर्वत्र विरोध भइरहेको छ । पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धिले बजारमा अरू सामानको भाउ पनि निक्कै बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार