आइतवार, पुस ७, २०८१
  • होमपेज
  • पश्चिमी वायुको प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी
Breaking News

पश्चिमी वायुको प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी

पश्चिमी वायुको प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम पनि बद्ली भएको र यी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन। उनका अनुसार यी प्रदेशमा मनसुन सक्रिय छैन ।

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण यी प्रदेशमा हल्का वर्षा भएको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसँगै आज प्रदेश १, मधेस प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग पर्ने सम्भावना रहेको छ ।

यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । आज दिउँसो देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार