शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • पेट्रोल २१ रूपैयाँ र डिजेल-मट्टीतेलमा २७ रुपैयाँले बढ्यो
अर्थ

पेट्रोल २१ रूपैयाँ र डिजेल-मट्टीतेलमा २७ रुपैयाँले बढ्यो

काठमाडौं । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ खर्च गर्नुपर्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार