शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • जयपृथ्वी नगरपालिकाका ४६ जना शिक्षकलाई पोषणसम्बन्धि तालिम
Breaking News

जयपृथ्वी नगरपालिकाका ४६ जना शिक्षकलाई पोषणसम्बन्धि तालिम

बझाङ । जयपृथ्वी नगरपालिका ४६ जना शिक्षकलाई स्वास्थ्य तथा पोषणसम्बन्धि तालिम दिइएको छ । शुक्रबार सदरमुकाम चैनपुरमा सुरु भएको विद्यालय स्वास्थ्य तथा पोषणसम्बन्धि तालिम शनिवार (भोलि) सम्म चल्नेछ ।

बझाङका सबै विद्यालयमा लागू गरिएको स्वास्थ्य तथा पोषण कार्यक्रमले बालबालिकाहरूको शारीरिक, मानसिक, संवेगात्मक र शैक्षिकस्तर विकास गर्ने लक्ष्य लिइएको एकीकृत विकास समाज नेपाल (आइडीएस) का जिल्ला संयोजक सुरेन्द्र जैरुले बताए । उनका अनुसार विद्यालयमा वार्षिक रूपमा बालबालिकाले करिब २२० दिन बिताउँछन् । दैनिकजसो ६/७ घण्टा बालबालिकाहरू शिक्षककै जिम्मेवारीमा रहने हुँदा बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक विकासका लागि शिक्षकले नै बढी ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नगरप्रमुख प्रमुख चेतराज बजालले विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी भएको बताए । स्वास्थ्य र शिक्षा एक अर्कामा अन्योन्याश्रित विषय भएको भन्दै उनले विद्यालय जाने उमेरका बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्ने जिम्मेवारी विद्यालयको पनि भएको बताए ।

नगरप्रमुख बजालले नगरपालिकामा गुणस्तरीय शिक्षा कायम गर्न विद्यालयहरु मर्च गर्नुपर्ने बताए । ‘यति सानो क्षेत्रमै ४६ वटा विद्यालयहरु छन्,’ उनले भने, ‘१० जना शिक्षक ५ जना मात्रै विद्यार्थी भएका विद्यालयहरु पनि धेरै छन् । त्यसलाई मर्च गर्नुको विकल्प छैन ।’

अमेरिकी एम्बेसी, यूयएसडीए, डब्ल्यूएफपी र आइडीएसको सहकार्यमा जिल्लाका सबै विद्यालयमा सञ्चालनमा आएको स्वास्थ्य तथा पोषण कार्यक्रमले गुणस्तरीय शिक्षामा टेवा पुग्ने विश्वास लिएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक राजेन्द्र रसाइलीले बताए । उनले भने, ‘बझाङमा ०५६/५७ देखि सञ्चालन भएको कार्यक्रमले सुरुवाती चरणमै ९ हजार बालबालिकालाई स्वस्थ राख्ने लक्ष्य लिएको थियो ।’

रसाइलीका अनुसार अहिले विद्यालयमा लागू गरिएको दिवा खाजा अर्गानिकका लागि जोड दिइएको छ । ‘बालबालिकाको लागि अर्गानिक उत्पादनलाई नै प्राथमिकता दिन जोड दिएका छौं । अहिले अमेरिकाबाट क्यालरीयुक्त खाजा आइरहेको छ । कतिपय ठाउँमा स्थानीय उत्पादन नै लागू भइसकेको छ भने कतिपय ठाउँमा तयारी अवस्थामा छौं ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै